FAQs Complain Problems

समाचार

गाउँपालिकाको परिचय

समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसाबले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो। मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिरबाट गरिएको हो र यस क्षेत्रमा मष्टोलाई मुख्य कुल देवताकोरुपमा पुजिन्छ। उच्च पहाडी जिल्लाकोरुपमा रहेको बझाङ जिल्लाकै  धरातलिय विशेषता झल्काउने यो गाउँपालिका साविकका कोटदेवल,भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ। हालको संघिय संरचनाअनुसार जम्मा ७ वडामा बिभाजित यो गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ। यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा घरधुरी सङ्ख्या २६०८ रहेकोमा जम्मा जनसंख्या १३५८४ (महिला-७०६६ र पुरुष-६५१८) रहेको छ।

भौगोलिक स्थितीः
प्रदेश ः सुदुरपश्चिम प्रदेश
जिल्ला : बझाङ 
सिमनाः
पूर्वः– बाजुरा
पश्चिमः– जयपृथ्वी नगरपालिका
उत्तरमाः– तलकोट गाउँपालिका
दक्षिणमााः– जयपृथ्वी नगरपालिका र बाजुरा जिल्ला
अवस्थितीः
२९ डिग्री ७२ मिनेट देखि ३० डिग्री ७५ मिनेट उत्तरी अक्षांश
८१ डिग्री ६८ मिनेट देखि ८१ डिग्री ७२ मिनेट पूर्वी देशान्तर
कुल क्षेत्रफलः 
साविक कोटदेवल गा.वि.स को १९.३९ वर्ग कि.मी., 
मष्टा गा.वि.स को ३६.८६ वर्ग कि.मी., 
भातेखोला गा.वि.स को १६.८१ वर्ग कि.मि., 
रिलु गा.वि.स.को ३६.१९ वर्ग कि.मी. गरी जम्मा १०९.२४ वर्ग कि.मि. रहेको छ ।

जनप्रतिनिधि(२०७९)

अध्यक्ष ः ज्ञान बहादुर बोहरा (९८५१००६९४७)

उपाध्यक्ष ः हर्क धामी (९७४५५९६१२७)

वडा अध्यक्षहरु

वडा १ ः रामचन्द्र रोकाया (९८४८५४७७२६)

वडा २ ः प्रकाश खड्का (९८६५४५५५६८)

वडा ३ ः धर्मराज धामी (९८६६२५४५००)

वडा ४ ः उत्तमराज जोशी (९७४४३५१४८२)

वडा ५ ः सुधन ब. कठायत (९८४८६२८०१५)

वडा ६ ः शिवराज बोहरा (९८४८४७५७४४)

वडा ७ ः धन ब. जेठारा (९८६८५४३४३९)