FAQs Complain Problems

समाचार

परिचय

बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविककाकोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा प्रदेश नं ७ अन्तर्गत पर्दछ ।  यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । वि.सं २०६८ को जनगणना अनुसार यस गाउँपालिका मा २४५६ घरधुरी र १४९५१ जनसङ्ख्य रहेकोमा हाल वद्धि भएको व्यवस्था छ । 

भौगोलिक स्थितीः
प्रदेश नं. ७
जिल्ला बझा¨
सिमनाः
पूर्वः– बाजुरा
पश्चिमः– जयपृथ्वी नगरपालिका
उत्तरमाः– तलकोट गाउँपालिका
दक्षिणमााः– जयपृथ्वी नगरपालिका र बाजुरा जिल्ला
अवस्थितीः
२९ डिग्री ७२ मिनेट देखि ३० डिग्री ७५ मिनेट उत्तरी अक्षांश
८१ डिग्री ६८ मिनेट देखि ८१ डिग्री ७२ मिनेट पूर्वी देशान्तर
कुल क्षेत्रफलः 
(साविक कोटदेवल गा.वि.स को १९.३९ वर्ग कि.मी., 
मष्टा गा.वि.स को ३६.८६ वर्ग कि.मी., 
भातेखोला गा.वि.स को १६.८१ वर्ग कि.मि., 
रिलु गा.वि.स.को ३६.१९ वर्ग कि.मी.) गरी जम्मा १०९.२३ वर्ग कि.मि. रहेको छ ।